शनिबार, वैशाख ८, २०८१

सीमा क्षेत्रमा पिपिई लगाएर नेपाल र चीनका सुरक्षा अधिकारीको वार्ता

मेरोन्यूज २०७८ वैशाख १७ गते १०:३७
तस्विर :
अनिल गिरीको सामाजिक सन्जा
लवाट

काठमाडौं । नेपाल र चीनका सुरक्षा अधिकारीहरुका वीचमा पीपीई सेट लगाएर सीमा क्षेत्रमा वार्ता भएको छ । नेपाल र चीन जोड्ने रसुवाको मितेरी पुलमा दुई देशका अधिकारीहरुका वीचमा वार्ता भएको हो ।

कोरोना (कोभिड–१९) को महामारी दक्षिणी छिमेकी मुलुक भारतमा भयावह अवस्थामा पुगेको र त्यसको असर नेपालमा पनि तिव्र रुपमा देखा पर्न थालेको वेला दुई देशका सुरक्षा अधिकारीको वार्ता भने सीमा क्षेत्रमा पपिीई सेट लगाएर सम्पन्न भएको छ ।

बिहीबार नेपाल र चीनका प्रशासन तथा सुरक्षा प्रमुखहरुका वीचमा छलफल भएको हो । नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले नेतृत्व गरेको टोलीमा जिल्ला प्रहरी प्रमुख डीएसपी देवेन्द्र पाण्डे, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी बलका अधिकारी सहभागी भएका थिए ।

त्यस्तै, चीनका तर्फबाट केरुङ अध्यागमन प्रशासन प्रहरी कार्यालयका प्रमुख एसएसपी हाओ जुहाइ र डीएसपी इयाङ चाङ सहितको टोली सहभागी भएका थिए ।

छलफलमा सीमा आवागमन र सिमानाका बिषय सहित नेपालले कोभिड–१९ का बिरुद्ध गरिरहेको कारबाहीमा केन्द्रीत रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी ढकालले चिनियाँ पक्षले नेपालमा बढदै गईरहेको कोभिडको संक्रमणका बारेमा चिन्ता ब्यक्त गर्दै यसको नियन्त्रणका लागि भईरहेका प्रयासमा विषयमा केन्द्रीत रहेर बैठकमा छलफल भएको वताए ।

‘कोभिडका विषयमा नेपालले गरिरहेको ब्यवस्थापन, नियन्त्रणका विषयमा हामीले चिनियाँ पक्षलाई जानकारी गराएका थियौं । महामारीकाबीच समकक्षीहरुसँगको भेट त्यही बिषयमा केन्द्रीत थियो,’ प्रजिअ ढकालले भने, -‘सहयोग आवश्यक भएमा जानकारी गराउन चिनियाँ पक्षले अनुरोध गरेको थियो ।’

चिनियाँ पक्षले भने खोपका विषयमा पनि जिज्ञासा राखेका थिए । नेपाल र चीनका सीमाक्षेत्रमा ब्यापारमा संग्लन्न ब्यीक्त तथा यातायात मजदुरहरुलाई खोप लगाए/नलगाएको विषयमा पनि चासो राखेका थिए ।

प्रतिक्रिया