शुक्रबार, चैत १६, २०८०

आजको राशिफलः वैशाख १७ गते शुक्रबार

ज्यो. दिवाकर पन्त २०७८ वैशाख १७ गते ६:२३

काठमाडौं । आज २०७८ साल वैशाख महिनाको १७ गते शुक्रबार, वैशाख कृष्णपक्षको चतुर्थी तिथि । अब लागौं आजको राशिफलतर्फ ।

मेष
मनमा उत्साह उमङ्ग आउन सक्ने छैन । मन उदस भइरहनाले कामहरु सम्पन्न गर्न जाँगर चल्ने छैन् । व्यक्तित्वमा भने बोल्ड बन्ने छ, यसले गर्दा अरुले झट्ट हेप्न भने सक्ने छैन् । व्यापार व्यवसाय तथा पेशामा भने सन्तोष नै मिल्ने छ । पेशागत जीवनमा नेतृत्व तथा समन्वय गर्ने अवसर प्राप्त हुने छ । भुमिकाको कदर हुने छ ।

वृष
बोल्ड व्यक्तित्व भए पनि रिस कडा हुने भएकाले रिसाहा व्यक्तित्व स्थापित हुन जाने छ । दाम्पत्य जीवनमा मधुरता आउने छ । साझेदारमा गरिएका कामहरु पुरा हुने छन् । आम्दानीमा बृद्धि हुनेछ । पेशागत जीवनबाट भाग्योदय हुने छ । पैतृक सम्पत्तिमा नोक्सान हुने अवस्था सृजना हुने छ । राजनीति तथा प्रशासन क्षेत्रमा सहभागिहरुको हकमा आफुले खेलेको भुमिकाको उचित मूल्यांकन हुने छैन् ।

मिथुन
बोलीको प्रभाव कम हुने छ । बाणिको गम्भीरर्तामा कमि आउने छ । धन सम्पत्तिमा नोक्सान हुने छ । मनमा उदासिनता र दुबिधा निरन्तर रहने छ । पेशागत जीवन भने सकारात्मक रहने छ । बोल्ड ब्यक्तित्व हुने छ, त्यसैले कसैले पनि हेप्न भने सक्ने छैनन् । नेतृत्व क्षमतामा बृद्धि हुनेछ भने पेशागत महत्वपूर्ण जिम्मेबारी निर्वाह गर्ने अवसर मिल्ने छ ।

कर्कट
समय सकारात्मक रहेको छ । आफ्नो मेहनतबाट अघि बढ्ने र कार्य सम्पन्न गर्ने लगनशिलता बस्ने छ । मेहनती र लगनशिल स्वाभाव हुने छ यसले कार्य सफलता पनि दिने छ । साझेदारीमा गरिएका कार्यहरुबाट फाइदा हुने छन् । आन्तरिक बुद्धि जागृत हुने भएकाले जीवनमा देखा परेका समस्याहरु समाधान गर्न सक्ने तागत उत्पन्न हुने छ ।

Advertisement

सिंह
भाग्य बलियो रहेकाले समय अनुकुल बनेको छ । आँटेका कामहरु पुरा हुनेतर्फ जाने छन् । नेतृत्व क्षमतामा थप प्रखरता आउँदै जानेछ । पेशागत जीवनमा र ब्यावसायिक जीवनमा थप जिम्मेबारी प्राप्त हुने छ । साझेदारीमा गरिएका कामहरुमा केही विवाद उत्पन्न हुन जाने छ । दाम्पत्य जीवनमा मधुरताको कमि उत्पन्न हुने छ ।

कन्या
छोटो यात्रा गर्नु पर्ने हुन सक्छ । धन सम्पत्ति नोक्सान हुने योग रहेकाले उच्च सतर्कतासहित मात्र अघि बढ््दा सम्भावित जोखिमलाई कम गर्न सकिने छ । आम्दानी गर्नु पर्दछ, आफ्ना सपना पुरा गर्नु पर्दछ भन्ने भावनामा तिब्रता आउने छ । भाग्यहिनताको अनुभुति हुनेछ, यसले केही निराशा ल्याउने छ । साझेदारीका कामहरुमा केही प्रतिकुला उत्पन्न हुने भएकाले सतर्क रहँदा उपयुक्त हुनेछ ।

तुला
समय अनुकुल देखिन्छ । शान्त स्वाभाव र ब्यक्तित्व हुने छ । शान्त स्वाभावका कारण अरुको मन जित्न सकिने छ । बोलीको प्रभाव बढ्न जाने छ । पेशागत जीवनबाट धन, सम्पत्ति तथा वित्तिय अवस्थामा बृद्धि हुन पुग्नेछ । नेतृत्व क्षमतामा पनि बृद्धि हुने छ । मनमा सन्तोष मिल्नेछ । जीवन साथिको साथसहित अघि बढेमा सफलता प्राप्त हुनेछ ।

वृश्चिक
मनमा दृढता बढ्ने छ । भाग्य पनि बलियो रहेको छ । शान्त स्वाभावको ब्यक्तित्व हुने छ । पेशागत जीवनका विषयमा भने केही द्वन्द चर्कन सक्ने भएकाले सकभर तर्क वितर्क र विवादमा नफस्दा उपयुक् तहुने छ । दिईएको जिम्मेबारी सmफलतापूर्वक निर्वाह गर्न नसक्दा नेतृत्व क्षमतामा कमि आएको आभाष अरुलाई हुने छ । शत्रु बृद्धि हुने छन् । प्रतिकुल अवस्थामा पनि मनमा उत्साह रहनाले प्रतिकुलतासँग जुध्न तागत प्राप्त हुने छ ।

धनु
भाग्यको साथ रहनाले प्रतिकुल अवस्थासँग पनि जुध्न तागत भने प्राप्त हुने छ । मन खुशी हुने छैन् । मनमा दुविधा अत्याधिक हुने छ भने आगागमी दिनका बारेमा भविष्यलाई लिएर अनावश्यक चिन्ता थपिने छ । रात्रि राम्रोसँग न्द्रिा पर्ने छैन् । दाम्पत्य जीवनमा बादबिबाद बढ्न सक्ने भएकाले समझदारीमा अघि बढ्दा उपयुक्त हुने देखिन्छ । पेशागत जीवनमा आफूले खेलेको भुमकाको कदर हुने छ ।

मकर
समय औसत रहेको छ । दृढ ब्यक्तित्व हुने छ । पेशागत जीवन र व्यवसायमा थप जिम्मेबारी लिनु पर्ने अवस्था आउने छ । जीवनसाथिसँगको सल्लाहमा काम गरेमा सकारात्मकता बृद्धि हुने छ । रिसको मात्रा पनि अत्याधिक हुन जाने छ । आम्दानीमा केही बृद्धि हुने छ । राखिएका योजना तथा महत्वाकांक्षाहरु पुरा हुने तर्फ प्रगति हुने छन् । साझेदारीमा गरिएका कामहरुबाट प्रतिफल प्राप्त हुने छ ।

कुम्भ
मेहनति र पराक्रमी स्वाभावमा बृद्धि हुने छ । आम्दानी गर्नु पर्दछ भन्ने विषयमा तिब्रता आउने छ भने आम्दानीमा पनि बृद्धि हुन पुग्ने छ । लक्ष्य, सपना तथा महत्वाकांक्षाहरु प्राप्त हुन तर्फ गति पैदा हुने छ । पैतृक सम्पत्तिका विषयमा देखा परेका असमझदारीहरु सुल्झने तर्फ जाने छन् । पेशा, ब्यवसाय तथा कार्यालय सम्बन्धी विषयहरुमा विवाद चर्कने भएकाले आफ्ना सहकर्मी तथा हाकिमहरुसँग धैर्यतासाथ ब्यवाहार गर्दा उपयुक्त हुने छ ।

मीन
भाग्यको बलियो साथ रहेकाले मनमा दृढता बढ्ने छ । तर बाहिरबाट हेर्दा ब्यक्तित्वमा भने दृढताको कमि देखिने छ । बोली अत्याधिक कडा हुने भएकाले परिवारमा तथा पेशागत जीवनमा द्वन्द निम्तिने भएकाले सतर्कता अपनाउनु होला । पेशागत जीवनमा नसोचिएका समस्याहरु देखा पर्ने छन् । भित्रि बुद्धिको सक्रियताले समस्या समाधान गर्न तागत भने प्राप्त हुने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया