शुक्रबार, वैशाख १४, २०८१

औषधिको कारोबार गर्नेलाई आवातजावतमा सहजीकरण गरिदिन जिल्ला प्रशासनको आग्रह

मेरोन्यूज २०७८ वैशाख १६ गते २०:३९

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले निषेधाज्ञाको समयमा औषधिसँग सम्बन्धित व्यक्तिलाई आवातजावतमा सहजीकरण गरिदिन महानगरीय ट्राफिक प्रहरी महाशाखालाई आग्रह गरेको छ ।

महाशाखालाई आज पत्र लेख्दै कार्यालयले औषधि व्यवस्था विभागमा कार्यरत कर्मचारी, औषधि वा औषधिको कारोबार गर्ने उद्योगी÷व्यवसायी, सप्लायर्स तथा औषधि पसल/फार्मेसीलगायतमा कार्यरत जनशक्तिले प्रयोग गर्ने सवारी साधनलाई उपत्यकाका सबै क्षेत्रमा निर्वाधरुपमा आवागमनमा सहजीकरण गर्न आग्रह गरेको हो ।

तीव्र गतिमा फैलिएको कोरोना नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका क्रममा आज औषधिसँग सम्बन्धित व्यक्तिलाई आवातजावतमा समस्या भएको गुनासो आएको थियो ।

प्रतिक्रिया