बिहीबार, वैशाख १३, २०८१

कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न विप्लबको माग

मेरोन्यूज २०७८ वैशाख १६ गते २०:३०

फाइल फाेटाे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले कोरोना भाइरस नियन्त्रण गर्न बन्दाबन्दी मात्र पर्याप्त नहुने भन्दै प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ ।

महासचिव विप्लबले आज एक विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रण गर्न भारतलगायत विदेशबाट नेपाल प्रवेश गर्ने आप्रवासीलाई नियन्त्रणमा लिन, उनीहरुलाई क्वारेन्टिनमा राख्न, बिरामी परेको सबैलाई उचित उपचारको व्यवस्था गर्न माग गरेको छन् ।

कोरोना नियन्त्रण गर्ने सरकारको कदममा आफ्नो पार्टी सहयोग गर्न तयार रहेको पनि उनले बताएका छन् ।

प्रतिक्रिया