शुक्रबार, वैशाख १४, २०८१

देशैभर थपिए चार हजार ९२८ कोरोना संक्रमित

मेरोन्यूज २०७८ वैशाख १६ गते १६:४९

काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभर चार हजार ९२८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभर चार हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा आठ सय ८८ जना कोरोना निको भएका छन् । सोही अवधिमा ३५ जना संक्रमितको कोरोना मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ हजार १२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ जना गरी १ हजार ५६१ जना थपिएका छन् ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय ७ पुगेको छ । क्वारेन्टिनमा ५९ जना छन् ।

देशभरका कोभिड अस्पतालका आइसीयूमा ३३७ र भेन्टीलेटरमा १०७ जना उपचाररत छन् ।

प्रतिक्रिया