बुधबार, वैशाख १२, २०८१

बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा किशोर पक्राउ

मेरोन्यूज २०७८ वैशाख १६ गते १६:३५

कपिलवस्तु । कपिलवस्तुमा शुद्धोधन गाउँपालिकाबाट ६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले शुद्धोधन गाउँपालिका २ नन्दनगर बस्ने १५ वर्षीय किशोरलाई बुधबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका १५ वर्षीय किशोरले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बगदीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । यस घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया