शुक्रबार, वैशाख १४, २०८१

लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी डा.देवकोटालाई

मेरोन्यूज २०७८ वैशाख १६ गते १६:२१

काठमाडौं । सरकारले लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारी डा.विकास देवकोटालाई दिएको छ । सरकारले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा देवकोटालाई लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको रुपमा सरुवा गरेको हो ।

सचिवको पत्र लिएका डा देवकोटाले आइतबार प्रदेशमा गएर पदवहाली गर्ने जानकारी दिए । लुम्बिनी प्रदेशमा केही दिनअघि मात्र स्वास्थ्य मन्त्रालय गठन भएको थियो । यसअघि प्रदेशमा स्वास्थ्य मन्त्रालय थिएन । सामाजिक विकास मन्त्रालयले नै स्वास्थ्यको समेत काम गर्दै आएको थियो ।

प्रतिक्रिया