बुधबार, वैशाख १२, २०८१

अस्पतालबाट सांसद शाहीले भने : म पार्टी निर्णयप्रति प्रतिबद्ध छु

मेरोन्यूज २०७८ वैशाख १६ गते १४:०९

काठमाडौँ । बुधबार अस्पताल भर्ना भएका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीले घटनाबारे विज्ञप्ति जारी गरेका छन् । उनले आफू बेहोस भएर अस्पताल भर्ना भएको जानकारी दिँदै विज्ञप्ति निकालेर हुन् ।

सांसद शाही आफूविरुद्ध समाचार र सामाजिक सञ्जालमा भ्रामिक खबर प्रचार नगरिदिन अनुरोध गर्दै आफू पार्टीको निर्णयप्रति प्रतिबद्ध भएको बताएका छन् । उनले भने, ‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा मेरो सहभागिता रहेकाले ती निर्णयहरुप्रति मेरो सहमति र पार्टी निर्णयप्रति प्रतिबद्ध छु ।’

सांसद शाही राष्ट्रिय जनमोर्चाको तर्फबाट गण्डकी प्रदेशअन्र्तगत बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । पार्टीले मुख्यमन्त्रीविरुद्ध छलफल गरी अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरेरेको थियो । अन्तिम बैठक बस्ने तयारी हुँदै गर्दा उनी अस्पताल भर्ना भएका थिए ।

हिजो बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि अविश्वासको प्रस्तावबारे छलफल गरी मतदान हुने तय भएको थियो । सोही क्रममा सदनमा जानका लागि तयारी हुँदै गर्दा आफ्नो स्वास्थ्य अवस्था अचानक बिग्रिएर अस्पताल भर्ना भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘बैशाख १५ गते सदनको कार्यसूची बमोजिम मुख्यमन्त्रीमाथिको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने थियो । तर, सदनमा जाने तयारी गर्दै गर्दा अचानक विरामी भई भाइलाई सम्पर्क गरी उपचारका लागि अस्पताल जाने क्रममा बेहोस भएछु,’ विज्ञप्तिमा उनले भने, ‘अहिले म उपचाररत छु । हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महशुस गरेको छु । म थप स्वस्थ भएपछि मेरो बारेमा उठेका प्रश्नबारे स्पष्ट गर्ने छु ।’

याे पनि पढ्नुहोस्

प्रतिक्रिया