शनिबार, वैशाख ८, २०८१

लकडाउन उल्लघंन गर्ने झण्डै १५ सय जना कारबाहीमा

मेरोन्यूज २०७८ वैशाख १६ गते १३:०८

काठमाडौँ । आजदेखि लागु भएको काठमाडौँ उपत्यकाका लकडाउन (निषेधाज्ञा) उल्लंघन गर्ने एक हजार ४५७ जनालाई प्रहरीले कारबाही गरेको छ । विना काम सडकमा निस्किएको भन्दै उनीहरूलाई कारबाही गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । मास्क नलगाई हिँड्ने, विना काम हिँड्ने लगायतलाई होल्ड गरेको प्रहरीले जनाएको छ । कारबाही पर्नेमा ३२० वटा दुई पांग्रे र ४१ वटा चार पांग्रे सवारी साधनसमेत रहेका छन् ।

प्रहरीले लकडाउनलाई कडाई गर्नका लागि काठमाडौंमा ४४, ललितपुरमा ८ र भक्तपुरमा चार स्थानमा चेकपोइन्ट राखिएको छ । लकडाउनको कार्यान्वयनका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरी महाशाखा र सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।

बिहीबारदेखि लागू हुने लकडाउन एकसातासम्म कायम गरेसँगै मन्त्रिपरिषद्ले थप एक साता थप्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया