शनिबार, वैशाख १५, २०८१

राष्ट्रिय बाणिज्य बैंक सबैभन्दा बलियो

मेरोन्यूज २०७८ वैशाख १६ गते १२:३४

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक सरकारी स्वामित्वमध्य सबैभन्दा बलियो देखिएको छ । नेपाल राष्ट्र बैंकले गत मंगलबार ६६ औं वर्ष पुगेको अवसरमा जारी गरेको प्रतिवेदन अनुसार सरकारी कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड र राष्ट्रिय बाणिज्य बैंकमा धेरै मापकमा राम्रो देखिएको छ ।

खुद मुनाफा, वितरणयोग्य मुनाफा, प्रति सेयर आम्दानी, व्यवसाय विस्तार, निक्षेप संकलन र कर्जा लगानीमा बलियो स्थानमा राष्ट्रिय बाणिज्य बैंक रहेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको नौं महिनामा राष्ट्रिय बाणिज्य बैंकले ३ अर्ब २७ करोड खुद मुनाफा आर्जन गरेको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंककोे वितरणयोग्य मुनाफा ३ अर्ब ४ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

सोही समयमा राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब ४० करोड निक्षेप संकलन गरि १ अर्ब ६७ करोड कर्जा प्रवाह गरेको छ भने नेपाल बैंकले १ अर्ब ५१ करोड निक्षेप संकलन गरि १ अर्ब २७ करोड कर्जा प्रवाह गरेको छ । यस्तै प्रति सेयर आम्दानीमा ४७ रुपैयाँ ४७ पैसा कायम गरी राष्ट्रिय बाणिज्य बैंक पहिलो स्थानमा रहेको छ ।

यद्यपी जगेडा कोषको आधार र कम खराब कर्जा भएकोमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । जसको १६ अर्ब ८४ करोड रुपैयाँ जगेडा कोष छ भने खराब कर्जा अनुपात २ दशमलब २९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया