शनिबार, वैशाख ८, २०८१

टेकु अस्पतालले भन्यो ‘अब नयाँ संक्रमित भर्ना लिन सक्दैनौँ’

मेरोन्यूज २०७८ वैशाख १६ गते १२:१७

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सबै बेड कोभिड–१९ संक्रमितले भरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले अस्पतालका सबै बेड संक्रमितले भरिएको हुदाँ नयाँसंक्रमित भर्ना लिने नसकिने बताउँछन् । उनले भने,“अस्पतालमा रहेका सबै बेड भरिएका छन्,अब नयाँ संक्रमित भर्ना गर्न सक्दैनौँ । ”

उनका अनुसार २२ जना आइसीयूमा,१२ जना भेन्टिलेटरमा,एक जना इन्टुबेसन,नर्मल आइसोलेसनमा ३२ जना,स्पेशल आइसोलेसनमा आठ जना, आकस्मिक कक्षमा आठ संक्रमित उपचाररत रहेका छन् । ८४ जना संक्रमितको उपचाररत रहेका अस्पतालले जनाएको छ ।

प्रतिक्रिया