शुक्रबार, चैत १६, २०८०

निषेधाज्ञाको पहिलो दिनमै सुनको मूल्य वृद्धि

मेरोन्यूज २०७८ वैशाख १६ गते ११:२५

काठमाडौँ । काठमाडौँ उपत्यकासहित केही जिल्लामा आजदेखि निषेधाज्ञा हुँदै गर्दा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

महासंघका अुनसार बुधबार तोलामा ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा सुरु भएको पहिलो दिन नै सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो ।

निषेधाज्ञाका बीच अहिले विवाहको सिजन भएकाले सुनको मूल्य बढेको हो । यस्तै बिहीबार तेजाबी सुन तोलामा ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा १३१५ रुपैयाँमा कारोबार तोकिएको छ ।……रासस

Advertisement

प्रतिक्रिया