शनिबार, वैशाख १५, २०८१

भारतमा एकैदिन झण्डै ४ लाखमा कोरोना पुष्टि

मेरोन्यूज २०७८ वैशाख १६ गते १०:५७

काठमाडौँ । भारतमा एकै दिन करिब ४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । समाचारमा जनाइएअनुसार पछिल्लो २४ घण्टामा ३ लाख ७९ हजार १६४ जनामा कोरोना पुष्टि भएको हो ।

बुधबार पुष्टि भएको कोरोना संक्रमितको आँकडा भारतमा देखिएको अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि मंगलबार सबैभन्दा बढी ३ लाख ६२ हजारमा कोरोना पुष्टि भएको थियो ।

यसका साथै भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ६४६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो दुई दिन भारतमा कोरोना संक्रमणबाट लगातार ३ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।

यसैबीच बुधबार एकैदिन २ लाख ७० हजारभन्दा बढी मानिस कोरोनाबाट निको भएर घर फर्किएको समाचारमा जनाइँएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट निको हुनेको संख्या एक करोड ५० लाख ७८ हजार पुगेको छ । एजेन्सी

प्रतिक्रिया