शुक्रबार, वैशाख ७, २०८१

झापाका पत्रकार र प्रदेशसभा सदस्य सङ्क्रमित

मेरोन्यूज २०७८ वैशाख १६ गते ७:००

झापा । झापामा तीन पत्रकार र एक जना प्रदेश सभा सदस्य कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीका अनुसार पत्रकारहरु पुष्प बराल, नरेन्द्र ढकाल र वीरबहादुर दर्नाललाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

झापा क्षेत्र नं १ का प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकीलाई पनि कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमित चारै जना चिकित्सकसँगको सल्लाहमा होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया