शनिबार, वैशाख ८, २०८१

कांग्रेस नेता नवीन्द्र पत्नीले बाढिन् स्वास्थ्य सामग्री

मेरोन्यूज २०७८ वैशाख १५ गते २१:४८

काठमाडाैं । ‘कोभिड १९ घरदैलो’ अभियानअन्तर्गत कांग्रेसका नेता स्वर्गीय नविन्द्रराज जोशीकी धर्मपत्नी सपना जोशी सक्रिय बनेकी छिन् । स्वयम्भूनाथ मन्दिरमा १०८ दीप प्रज्ज्वलन गरेर सुरु भएको अभियानअन्तर्गत बुधबार काठमाडौं क्षेत्र नं. ८ का विभिन्न स्थानमा स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

श्रीमानको असल कार्यलाई निरन्तरता दिएकी सपनाले बुधबार जलगणेश, भेलु महादेव, महाविष्णु मन्दिर, विष्णुमती चैत्य, बाघभैरव र सिद्धिविनायक मन्दिरमा दीप प्रज्ज्वलन गरेर ती क्षेत्रमा मास्क, स्यानिटाइजर, पीपीई, अक्सिमिटर र जनचेतनामूलक पर्चा–पम्लेट वितरण गरेकी हुन् ।

सपनाको अभियानलाई कांग्रेसका विभिन्न इकाइ समिति, हेलु महादेव संरक्षण समाज, महाविष्णु मन्दिर सत्तलघाट संरक्षण समिति, ढुमाखेल टोल सुधार समिति, ढुमाखेल महिला समूह, ढुमाखेल युवा क्लब, सिद्धार्थ टोल सुधार समिति र जनसेवा मार्ग टोल सुधार समिति लगायत सामाजिक संस्थाले साथ दिएका छन् । ती संस्थाले सम्बन्धित क्षेत्रमा सपनाको सहयोगमा स्वास्थ्य सामग्री वितरण गर्नेछन् ।

बुधवार स्वयम्भू प्रहरी वृत्तलाई २० थान पीपीई, ६ बोतल स्यानिटाइजर र ६ प्याकेट एन–९५ मास्क वितरण गरिएको छ । अभियानअन्तर्गत क्षेत्र नं. ८ का अन्य विभिन्न स्थानमा पनि बुधवार नै स्वास्थ्य सामग्री वितरण गरेको नेता सुदर्शनमान सिंहले जानकारी दिए ।

प्रतिक्रिया