शुक्रबार, चैत १६, २०८०

स्वास्थ्य सेवा विभागको टोलीद्वारा महाकाली अस्पतालको अनुगमन

मेरोन्यूज २०७८ वैशाख १५ गते २१:३८

कञ्चनपुर : स्वास्थ्य विभागका महानिर्देशक दीपेन्द्ररण सिंहसहितको उच्चस्तरीय टोलीले आज महाकाली अस्पतालको अनुगमन गरेको छ । टोलीले अस्पतालको वस्तुस्थितिबारे जानकारी लिएको छ ।

टोली प्रमुख श्रेष्ठलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले कोरोनाको जोखिम बढ्दै गएका बेला अस्पताल बिरामीले भरिएको बताए । “आवश्यक जनशक्तिको अभाव छ”, उनले भने, “अक्सिजन, भेन्टीलेटरलगायतको अभाव रहेको छ, यसको पूर्ति गरिदिनु पर्‍यो ।”

महानिर्देशक सिंहले २०० श्ययाको अस्पताल भएकाले क्षमतानुसार जनशक्ति र अक्सिजनलगायतको व्यवस्था मिलाइने बताए । टोलीले आजै पश्चिमी सीमानाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कको समेत अनुगमन गरेको छ । रासस

प्रतिक्रिया