शुक्रबार, वैशाख १४, २०८१

७ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा किशोर पक्राउ

मेरोन्यूज २०७८ वैशाख १५ गते १८:५४

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती बालिकालाई गत शुक्रबार जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बाँनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया