मंगलबार, वैशाख ११, २०८१

कोरोनाको नयाँ भेरियन्ट हावाबाट सर्दैन : स्वास्थ्य मन्त्रालय

मेरोन्यूज २०७८ वैशाख १५ गते १७:५६

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट हावाबाट नसर्ने स्पष्ट पारेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार मन्त्रालयले हावाबाट कोरोना भाइरस नसर्ने स्पष्ट पारेको हो ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समीर कुमार अधिकारीले अहिलेसम्म कोरोना हावाबाट सर्ने पुष्टि भएको छैन । यो हल्लामा सत्यता नभएको बताए । उनले भने “कोरोना हाच्छ्यिु गर्दा, ठूलो स्वरले बोल्दा, गीत गाउँदा मुखबाट उछिट्टिने थुकको छिटाबाट सर्ने हो हावाबाट सर्दैन ।”


भाइरस आफैं हावामा उड्न नसक्ने उनको भनाइ छ । दुई मिटरको दूरीमा बस्ने, मास्क लगाउने, भिडभाडमा नजाने, सावुनपानीले बेलाबेलाा हात धुने तथा स्यानिटाइजर लगाएको खण्डमा कोरोना संक्रमण नहुने सह–प्रवक्ता अधिकारीले बताए । पछिल्लो केही समय यता कोरोनाको नयाँ भेरियन्ट हावाबाट सर्न सक्ने हल्ला आम रुपमा फैलिएको छ ।

प्रतिक्रिया