शुक्रबार, वैशाख ७, २०८१

संकटको बेला सहयोग गर्न महासंघ तयार

मेरोन्यूज २०७८ वैशाख १५ गते १७:१७

काठमाडौं । पछिल्लो पटक कोभिड- १९ संक्रमण तीव्ररुपमा बढेसंगै सरकारबाट आम जनताको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकतामा राखी मुलुकका विभिन्न स्थानमा लकडाउन तोकिएको छ । कोभिडको दोस्रो लहरले निम्त्याएको यस असहज परिस्थितिप्रति निजी क्षेत्र अत्यन्त चिन्तित र संवेदनशील रहेको जनाएको छ ।

उद्योग वाणिज्य महासंघले बुधबार एक बिज्ञप्ति जारी गर्दै कोभिड महामारीको पहिलो लहर र त्यसलाई रोक्न लगाइएको लकडाउनले अर्थतन्त्रमा देखिएको क्षति दुख्खपूर्ण रहेको छ । गत आर्थिक बर्षमा १ दशमलब ९९ र चालु आर्थिक बर्षको पहिलो त्रैमासीकमा ४ दशमबल ६ प्रतिशतले अर्थतन्त्र ऋणात्मक रहेको महासंघले जनाएको छ ।

पछिल्लो समय सुधार हुन थालेको अर्थतन्त्रमा फेरि कोरोनाका कारण सरकार, निजी क्षेत्र सहित सबै सर्वसाधारणलाई आर्थिक स्तिथी बलियो पार्न चुनौति देखिएको महासंघले जनाएको छ । लकडाउनका समयमा आम जनताको दैनिकजीवन यापन सहज बनाउन, दैनिक आवश्यकता पुरा गर्न, अत्यावश्यक खाद्यान्न लगायत स्वास्थ्य सामग्रीहरूको बजारमा सहज आपूर्तिमा निजी क्षेत्र सरकारसंगै रहेको महासंघको दाबी छ ।
स्वास्थ्य सतर्कताका साथ स्वास्थ्य सुरक्षाका सबै उपाय अलवम्वन गरी लकडाउनको समयमा पनि रोजगार रोजगारी नगुम्ने र आर्थिक गतिविधि संचालन सहज बनाउन सरकार र निजी क्षेत्रको थप सहकार्य आवश्यक रहेकोले आर्थिक महत्व बोकेका परियोजनाको निरन्तर संचालनको सुनिश्चितता, उद्योग कलकारखानाको संचालनका लागि तयार रहेको महसंघको दाबी छ ।

उत्पादित सामाग्रीको सहज आपूर्ति, ढुवानी, बिक्री वितरण, कच्चा पदार्थको आयातमा सहजता सहित उद्योग व्यवसाय संचालनका लागि आवश्यक कामदार कर्मचारीको आवतजावतलाई सहज बनाउन महासंघको सरकारसंग अपिल रहेको छ । यस संकटको घडिमा आम व्यवसायीले गत बर्षदेखि आपूर्ति व्यवस्था अवरुद्ध हुन नदिइ दिन रात सेवा प्रदान गरेकोमा प्रशंसा गर्दै महासंघले विगतमा झै यसपटक पनि संकटको बेलामा अनावश्यक संचिति र मूल्य वृद्धि नगरि आम सर्वसाधारणलाई सेवा प्रदान गर्नसम्पूर्ण व्यवसायीलाई आग्रह गरेको छ ।
संकटको यस घडिमा महासंघ सरकार एवं आम उपभोक्ताको साथमा रहेको प्रतिवद्धता जनाउदै आवश्यक सहयोग र सहकार्यका लागि सदा तत्पर रहेको जानकारी पनि गराउन चाहन्छ ।

प्रतिक्रिया