बिहीबार, वैशाख १३, २०८१

वाग्मतीमा मन्त्रिपरिषद् विस्तार

मेरोन्यूज २०७८ वैशाख १५ गते १६:५९

काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

पौडेलले नेकपा (एमाले)का प्रमुख सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानूनमन्त्री, सरेश नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री र डा रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीले केहीबेरअघि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । ––– रासस

प्रतिक्रिया