मंगलबार, वैशाख ११, २०८१

कोरोना कहर

सरकारी कार्यालयमा आलोपालो पद्धतीको व्यवस्था मिलाउन सरकारको निर्देशन

मेरोन्यूज २०७८ वैशाख १५ गते १६:२९

काठमाडौँ । सरकारले निषेधाज्ञा जारी गरिएका जिल्लाहरुका सरकारी कार्यालयका कर्मचारुीलाई आलोपालो पद्धतीको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

बिहिबारबाट हुने निषेधाज्ञा जिलका सरकारी तथा सार्वजनिक कार्यालयका कर्मचारीहरुलाई आलोपालो वा घरमा बसेर अनलाइन माध्यमबाट सेवा प्रवाह गर्न निर्देशन दिएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सूचना जारी गर्दै भिडभाड हुन नदिन अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेकका अन्य कार्यालयलाई यस्तो व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

नेपालमा नयउाँ भेरिएन्ट सहितको कोरोना फेलिन थालेपछि सोमबार बसेको मन्त्रीपरिषदको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया