बुधबार, वैशाख १२, २०८१

कता हराए गण्डकीका यी दुई सांसद ?

अविश्वास प्रस्तावमा मतदान हुने बैठकमै दुई सासद गयल भएपछि प्रदेशसभाभित्रै हंगामा

मेरोन्यूज २०७८ वैशाख १५ गते १६:२४

पोखरा । गण्डकी प्रदेश सभामा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा छलफल भईरहेको छ । छलफल सकिएपछि आजै मुख्यमन्त्री गुरुङले आफुमाथी परेको अविश्वास प्रस्तावमा जवाफ दिने र आजै मतदानवाट प्रदेश सरकारको विषयमा छिनोफानो लगाउने तयारी छ ।

केही सांसदले बोलिसकेपछि संसद बैठक २० मिनेटका लागि स्थगितसमेत भएको छ। सांसदहरुले बोलेर सकिएपछि मुख्यमन्त्रीले जवाफ दिने कार्यसूची छ। त्यसपछि मतदान हुनेछ।

काग्रेस, माओवादी र जसपाले मुख्यमन्त्री गुरुङका विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

प्रदेश सभामा ६० सांसद छन् । अविश्वास प्रस्ताव पारित हुन ३१ मत चाहिन्छ । कांग्रेसको १५ र माओवादीको १२ सांसदसहित २७ जना छन् । जसपाका २ जना छन् । सिंगो एमालेकै २७ जना सांसद छन् । १ जना स्वतन्त्र दिपक मनाङगे छन् । उनी एमाले निकट हुन् ।
तर, आजको प्रदेश सभामा दुई सांसद एकाएक हराएका छन् ।

उनीहरुको मोवाइल पनि स्वीचअफ छ । हराउने दुई जना सांसदमा मनाङगे र राष्टिय जनमोर्चाका खिमविक्रम शाही हुन् ।

अविश्वास प्रस्ताव दर्ता गरेकाले मनाङगेको विषयमा चासो नलिएपनि हराएका जनमोर्चाका खिमविक्रम केसीको भने खोजी अभियान तिव्र वनाएका छन् ।

जनमोर्चाका गण्डकी प्रदेश सभामा तीन जना सांसद छन् । एक जना हराईरहेका छन भने अर्का कृष्ण थापा पनि अविश्वास प्रस्तावमा साथ दिने पार्टी केन्द्रको निर्णयमा सन्तुष्ट छैनन ।


सम्पर्क वाहिर रहेका केसीलाई खोजी गर्न कांग्रेस सांसद मेखलाल श्रेष्ठ, जनमोर्चा सांसद पियारी थापा र जसपाका सांसद धनमाया लामा गाडी नै लिएर लागेपनि फेला पार्न सकेका छैनन ।

यसले गण्डकी प्रदेश सरकारको वारेमा नयाँ राजनीतिक तरंग आउन सक्ने अनुमान शुरु हुन थालेको छ ।

जनमोर्चाका खिमविक्रम केसी

माधव नेपाल पक्षका भने गण्डकीमा एक जना मात्रै इन्द्रलाल सापकोटा सांसद छन् । उनले अविश्वास प्रस्तावको विपक्षमा मतदान गर्छन् या कर्णालीमा जसरी विपक्षीलाई साथ दिन्छन् ? त्यो खुलेको छैन ।

स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे

तर, मुख्यमन्त्री गुरुङले आफनो पक्षमा नपुग्ने मत जुटाउन निक्कै मेहनत गरेको र अविश्वास प्रस्ताव दर्ता गर्नेहरुका वीचमा रहेको असन्तुष्टिमा खेलेका कारण अविश्वास प्रस्तावमा यसै हुन्छ भन्ने अवस्था नदेखिएको नेताहरुको भनाई छ ।

प्रतिक्रिया