शनिबार, वैशाख १५, २०८१

सुनको मुल्य घट्नुका साथै लकडाउनभर कारोबार बन्द

मेरोन्यूज २०७८ वैशाख १५ गते १६:००


काठमाडौं । बुधबार सुनको मुल्यमा हस आएको छ । हिजो मंगलबार पनि सस्तो भएको सुन बुधबार प्रतितोला ७ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँ पुगेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन सस्तो हुँनुका साथै चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा किनबेच भएकोमा बुधबार आज १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको हो ।

यसैबिच लकडाउन समयभर बैंकमार्फत सुनको आयातलाई रोक्ने नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्णय गरेको छ । लकडाउनका कारण नेपालका प्रमुख शहरमा सुनचाँदीको किनबेच नहुने भएकाले आयात रोक्ने निर्णय गरिएको महासंघद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । महासंघका अनुसार प्रत्येक दिन बैंक मार्फत २० किलो कच्चा सुन अयात भइरहेको छ ।


प्रमुख शहरमा भोली बिहीबारदेखि कारोबार नहुने भएकाले आयात रोक्ने निर्णय गरिएको हो । लकडाउन घोषणा भएका क्षेत्रमा सुन चाँदीको कारोबार रोक्ने र महासंघको कार्यालय पनि बन्द रहने छ । बन्द अवधिमा सुनचाँदीको बजार कारोबार मूल्य भने तोक्ने महासंघले जनाएको छ ।

प्रतिक्रिया