बिहीबार, वैशाख १३, २०८१

नेप्सेमा ठूलो गिरावट

मेरोन्यूज २०७८ वैशाख १५ गते १५:५७

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको चौथो दिन आज बुधबार दोहोरो अंकले गिरावट आएको छ ।

कोरोनाको लकडाउनले शेयर कारोबारमा त्रास सिर्जना गरेकाले रातो संकेतमा निरन्तरता छ । बुधबार बजार परिसुचक १३ दशमलब ७९ अंकले घटेर २ हजार ५ सय ८५ दशमलब २८ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको कारोबारभन्दा शुन्य दशमलब ५३ प्रतिशतले कमी हो ।

कूल २ सय १५ कम्पनीको ४६ हजार ९ सय ५९ कारोबारबाट ३ अर्ब ९९ करोड ४ लाख ३१ हजार २ सय ३६ रुपैयाँ बराबरका ८९ लाख ६५ हजार ५ सय ८८ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया