बिहीबार, वैशाख १३, २०८१

एक सदस्यलाई कोरोना पोजेटिभ देखिपछि कांग्रेस बैठक स्थगित

मेरोन्यूज २०७८ वैशाख १५ गते १५:२५

काठमाडौं । नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यलाई कोरोना संक्रमण भएपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।


गत सोमबारनै बोलाइएको केन्द्रीय समिति बैठक कोरोना परीक्षणपछि मात्र बस्ने भन्दै आइतबारको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले आजका लागि सारेको थियो ।

तर, कोरोना परीक्षणकै क्रममा रिपोर्ट पोजिटिभ आएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको कांग्रेस सचिवालयले जनाएको छ ।

प्रतिक्रिया