बुधबार, वैशाख १२, २०८१

जिल्ला अदालत काठमाडौँ र भक्तपुरले सिमित सेवा मात्र प्रदान गर्ने

मेरोन्यूज २०७८ वैशाख १५ गते १५:२२

काठमाडौँ । जिल्ला अदालत काठमाडौँ र भक्तपुरले वैशाख १६ गतेबाट सिमित सेवा मात्र प्रदान गर्ने भएका छन् ।

सरकारले बिहिबारबाट लागु हुनेगरी निषेधाज्ञा जारी गरेपछि सर्वसाधारणको आवात जावातको समस्यालाई मध्ये नजर गर्दै अदालतले सिमित सेवा प्रदान गर्ने भएका हुन् ।

जिल्ला अदालत काठमाडौँ र भक्तपुरले सुचना जारी गर्दै कोराेनाको संक्रमण भढ्दै गएकाले स्थानीय प्रशासनबाट निषेधाज्ञा जारी भएकाले सेवा प्रवाहमा संकुचन ल्याउनु परेको जनाएको छ ।

प्रतिक्रिया