बुधबार, वैशाख १२, २०८१

चन्द्रमामा जान विश्वका दुई धनाड्या बेजोस र मस्कको लडाइँ

मेरोन्यूज २०७८ वैशाख १५ गते १४:४३

काठमाडौँ । विश्वका सबैभन्दा धनी दुई धनाड्या जेफ बेजोस र एलम मस्क चन्द्रमामा जाने लडाइँमा उत्रिएका छन् । उनीहरु को पहिला चन्द्रमामा जाने भन्ने विषयसँग झण्डै ३५ हजार करोड रुपैयाँको सम्झौता जोडिएको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले यति ठूलो रकमको सम्झौता मस्कको अन्तरिक्ष कम्पनी ‘स्पेस एक्स’लाई दिने भएको छ । यससँगै स्पेस एक्सले एक ल्याण्डर बनाइसकेको छ । यसै ल्याण्डरमार्फत सन् २०२४ सम्म अमेरिकी अन्तरिक्ष यात्री चन्द्रमामा पुग्ने छन् । तर, नासाको यस प्रोजेक्टका लागि स्पेस एक्ससँगै बेजोसको अन्तरिक्षसम्बन्धि कम्पनी ‘ब्लू ओरिजन’ले समेत पनि दाबी गरेको छ ।

सोमबार बेजोसको कम्पनीले नासाको यस फैसलाको विरोध गर्दै ५० पाना लामो विरोप पत्र पेश गरेको छ । ब्लू ओरिजनका प्रमुख बब स्मिथले भने, ‘नासाले स्पेस एक्ससँग एकलौटी सम्झौता गर्नु गलत हो, किनभने नासाले हाम्रो प्रस्तावलाई वेवस्था गरेको छ ।’

बेजोसको कम्पनीले गरेको विरोध पत्रलाई मस्क आफ्नो सामाजिक सञ्जालमार्फत गलत भएको बताउँदै आएका छन् । उनले भनेका छन्, ‘विरोध पत्र चन्द्रमाको कक्षमा पुग्दैन, यो तिमीहरूको बसको कुरा होइन ।’

नासाले पहिलोपटक एक महिला र एक अश्वेत पुरुषलाई चान्द्रमामा पठाउनका लागि यान बनाउन स्पेस एक्ससँग सम्झौता गरेको छ । नासाका प्रशासक जिन ब्रिडेनस्टाइनले भने, ‘सन् २०२४ मा चन्द्रमा जानका लागि तयारी अवस्थामा रहेको छ ।’

नासाको योजनाअनुसार दुई यात्रीले एक हफ्ता चन्द्रमाको सतहबारे अनुसन्धान गर्ने छन् । त्यसपछि उनीहरू पृथ्वीमा सकुशल फर्किने छन् । यस क्रममा यानले ४ लाख ५० किलोमिटरको यात्रा गर्ने छ । एजेन्सी

प्रतिक्रिया