शुक्रबार, वैशाख १४, २०८१

गण्डकी प्रदेश सभा बैठक शुरु, अविश्वास प्रस्तावमाथी दलगत धारणाराख्ने क्रम जारी

मेरोन्यूज २०७८ वैशाख १५ गते १३:५२

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्ध परेको अविश्वास प्रस्तावमाथी गण्डकी प्रदेश सभामा छलफल शुरु भएको छ । काग्रेस, माओवादी र जसपाले मुख्यमन्त्री गुरुङका विरुद्द अविश्वास प्रस्ताव पेश गरेका थिए ।


अविश्वास प्रस्ताव आउने देखेपछि मुख्यमन्त्री गुरुङले संसदको अधिवेशन अन्त्य गरेका थिए । तर सांसदहरुले विशेष अधिवेशन वोलाउन प्रदेश प्रमुखसमक्ष समावेदन गरेपछि विशेष अधिवेशन बोलाईएको थियो ।

हिजो सत्तारुढ दल एमालेका सांसदहरुले संसद बैठक अगाडी सांसदहरुको कोरोना परिक्षण गर्नुपर्ने माग गरेपछि कोरोना परिक्षण गराएर मात्र अधिवेशन शुरु भएको हो ।

अधिवेशनमा एमालेका कृष्णवहादुर थापाले अविश्वास प्रस्ताव वाहियात ढंगले ल्याइएको र अविश्वासमा आरोप लगाउनेले एकपटक आफनो अनुहार ऐनमा हेर्नुपर्ने वताए । अप्राकृतिक राजनीतिक गठवन्धन वनाएर सत्तालिप्सामा केन्द्रति रहेर अविश्वास प्रस्ताव ल्याइएको आरोप उनले लगाए ।

प्रतिक्रिया