बिहीबार, जेठ ५, २०७९

बाग्मती प्रदेशमा थपिए तीन मन्त्री र एक राज्यमन्त्री

मेरोन्यूज २०७८ वैशाख १५ गते १३:२७

हेटौडा । बाग्मति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नै पार्टीका सांसदहरुलाई थप गरेर मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले तीन मन्त्री र एक राज्यमन्त्री थप गरेर मन्त्रीपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा थप गरेका छन् ।

उनीहरुलाई आजै दिउँसो ४ बजे सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया