शनिबार, वैशाख ८, २०८१

नायिका भट्ट र कँडेलले गरे इन्गेजमेन्ट

मेरोन्यूज २०७८ वैशाख १५ गते १२:२७

काठमाडौँ । नायिका सुपुष्पा भट्ट र उनका प्रेमी रौनक विक्रम कँडेलले इन्गेजमेन्ट गरेका छन् । उनीहरुले पारिवारिक समारोहमा इन्गेजमेन्ट गरेका हुन् ।

उनीहरुले वैशाख १७ गते इन्गेजमेन्ट गर्ने तयारी गरेका भए पनि काठमाडौँमा भोलिबाट निषेधाज्ञ हुने भएकाले २ दिन अगाडि नै इन्गेजमेन्ट गरेका जनाइएको छ । सुपुष्पा र रौनक विगत ६ महिनादेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।

यो जोडीले आफ्नो प्रेमलाई वैवाहिक जीवनमा परिणत गर्ने तयारी गरेको छ । नायिका सुपुष्पा भट्टले चलचित्र ‘रणवीर’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । त्यसपछि उनले ‘छ माया छपक्कै र चपली हाइट ३’ मा काम गरेकी थिइन् । यस्तै, कँडेलले ‘कबड्डी’ चलचित्र निर्माण गरेका छन् । उनीहरुको विवाह मिति भने तय भएको छैन ।

प्रतिक्रिया