शुक्रबार, वैशाख १४, २०८१

आजदेखि कास्कीमा लकडाउन सुरु

मेरोन्यूज २०७८ वैशाख १५ गते १२:१८

पोखरा । विश्वभर तीव्र गतिमा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट फैलिएको भन्दै कास्कीमा आजदेखि एक साताका लागि लकडाउन सुरु भएको छ । गत १३ गते बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले आज बिहान ६ बजेदेखि २१ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको बैठकले कोरोना नियन्त्रण गर्ने भन्दै एक हप्ताका लागि लकडाउन गर्ने निर्यण गरेको थियो । बैकठले अत्यावश्यक कामका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै बन्द गर्ने निर्यण गरेको थियो ।

डिसिसिएमसीको निर्णयअनुसार एम्बुलेन्स, दमकल, शववाहान, खाद्यसामाग्री तथा पशुपंक्षीका दाना, तरकारीलगायत खाद्य सामागी ढुवानी गर्ने सवारी साधन भने सञ्चालन हुनेछ । यस्तै, सभा, सम्मेलन, गोष्ठी, तालिम जस्ता बढी भिडभाड हुने सबै प्रकारका गतिविधि बन्द गरिएको छ ।

प्रतिक्रिया