शुक्रबार, चैत १६, २०८०

कांग्रेसका नेतामा कोरोना पुष्टि, केन्द्रीय समिति बैठक बस्दै

मेरोन्यूज २०७८ वैशाख १५ गते ११:३६

काठमाडौँ । नेपाली कांग्रेसका केही नेताहरुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको पिसिआर परीक्षणमा केही केन्द्रीय सदस्य, एक सचिवालय सदस्य र तीन जना सुरक्षा खटिएका कर्माचारीलाई कोरोना पुष्टि भएको हो ।

यद्यपि कोरोना संक्रमणबारे पार्टीले कुनै आधिकारिक जानकारी दिएको छैन । तर, आज पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ । यसअघि सोमबारका लागि तोकिएको बैठक पिसिआर परीक्षणपछि मात्र बस्ने भन्दै स्थगित गरिएको थियो ।

कांग्रैसका नेताहरूमा कोरोना परीक्षण गर्दा २० जनाभन्दा बढीको रिपोर्ट शंकास्पद देखिएको थियो । उनीहरुमध्ये केही नेताको पुन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भए पनि सार्वजनिक गरिएको छैन । कोरोना रिपोर्ट मोबाइलमा जाने भएकाले व्यक्ति किटान भने गर्न नसकिने एक नेताले जानकारी दिए ।

प्रतिक्रिया