शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्री ओलीलाई भेटेका एमालेका दुई नेतामा कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७८ वैशाख १५ गते ११:३०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका एमालेका दुई नेतामा कोरोना संक्रमण पुष्टि भएको छ । एमाले नेता विष्णु रिजाल र खिमलाल भट्टराईलाई कोरोना संक्रमण भएको छ । भट्टराई एमाले राष्ट्रिय सभातर्फका मुख्य सचेतक हुन् ।

रिजाल र भट्टराई गत सोमबार बालुवाटारमा भएको एमाले १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा सहभागी भएका थिए । कोरोना संक्रमण भएका रिजाल र भट्टराई होम आइसोलेसनमा बसेको जनाइएकको छ ।

प्रतिक्रिया