शुक्रबार, चैत १६, २०८०

ढुंगाले थिचेर श्रीमतीको हत्या गरी फरार

मेरोन्यूज २०७८ वैशाख १५ गते ११:२०

काठमाडौँ । दाङमा एक व्यक्तिले ढुंगाले थिचेर श्रीमतीको हत्या गरी फरार भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका ७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुंगाले थिचेर हत्या गरेका हुन् ।

मंगलबार राति करिब ८ बजेतिर ढुंगाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ ।

फरार रहेका पोखरेलको खोजी भइरहेको छ । उनीहरुको चार वर्षीया छोरी छन् ।

प्रतिक्रिया