बिहीबार, वैशाख १३, २०८१

नोबेल मेडिकल कलेजमा २ जना कोरोना संक्रमितको मृत्यु

मेरोन्यूज २०७८ वैशाख १५ गते ११:१०

काठमाडौँ । नोबेल मेडिकल कलेज विराटनगरमा दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । उनीहरूको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा मोरङको कटहरी गाउँपालिका २ का ४५ वर्षीय पुरुष र झापाको झापा गाउँपालिका १० का ५५ वर्षीय पुरुष रहेका छन् । मोरङका पुरुषलाई कोरोना पोजेटिभ देखिएपछि वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो ।

यसैगरी झापाका पुरुषलाई १३ गते अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया