बुधबार, वैशाख १२, २०८१

२५ हजार रुपैयाँ घुससहित कर्मचारी पक्राउ

मेरोन्यूज २०७८ वैशाख १५ गते ९:३८

काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हसमुल्ला खाँ घुस रकमसहित पक्राउ परेका छन् । उनलाई दाँते ओखरको बिरुवा उत्पादन गरेवापत कृषकलाई दिनुपर्ने अनुदान रकम दिने क्रममा २५ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले खाँलाई २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगले जनाएको छ । कार्यकक्षबाट पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया