बुधबार, वैशाख १२, २०८१

आजको राशिफलः वैशाख १५ गते बुधबार

ज्यो. दिवाकर पन्त २०७८ वैशाख १५ गते ६:२२

काठमाडौं । आज २०७८ वैशाख महिनाको १५ गते बुधबार, वैशाख कृष्णपक्षको प्रतिपदा तिथि । आज ललितपुरमा मत्स्येन्द्रनाथको स्नान । अब लागौं आजको राशिफल तर्फ ।

मेष
समय सकारात्मक रहेकाले आँटेका कामहरु पुरा हुने तर्फ जाने छन् । ब्यवसाय तथा पेशामा केही कठिनाई जस्तो देखिएता पनि आत्मविश्वास बढ्न जाने छ । न्याय क्षेत्र, राजनीति, प्रशासन, ब्यवस्थापन जस्ता क्षेत्रमा प्रगति हुने छ । नेतृत्व क्षमतामा बृद्धि हुने छ । बोल्ड ब्यक्तित्व हुने छ । आम्दानीमा पनि बृद्धि हुनु पुग्ने छ ।

वृष
रिस कडा हुने भएकाले रिस नियन्त्रणमा ध्यान नदिए नोक्सानीको अवस्था सामना गर्नु पर्ने हुन जाने छ । आम्दानीमा भने केही बृद्धि हुन पुग्ने छ । पेशागत जीवनमा पनि कदर हुने छ । चाहिने भन्दा बढि सुरोपना र मनोबल देखा पर्ने भएकाले हरदम धैर्यताको खाँचो देखिन्छ । सुख शान्तिको अभाव हुने भएकाले मनमा केही खिन्नता उत्पन्न हुने छ ।

मिथुन
पेशागत जीवन सकारात्मक रहेको छ । ब्यक्तित्वमा दृढता आउँछ तर कतिपय अवस्थामा ब्यक्तित्व अनावश्यक कडाखाले हुने भएकाले यसबारेमा विचार पु¥याउनु पर्ने देखिन्छ । धन, धान्य तथा पैतृक सम्पत्तिबाट फाईदा मिल्ने छ । नेतृत्व क्षमतामा बृद्धि हुनेछ भने पेशागत थप जिम्मेबारी निर्वाह गर्ने अवसर मिल्ने छ । तर भाग्यको साथ नरहेकाले थालिएका कामहरुमा बढि मेहनत गरेपछि मात्र सम्पन्न हुने छन् ।

कर्कट
समय शुभ रहेको छ । सुख प्राप्त हुने छ । दाम्पत्य जीवन सुमधुर रहने छ ।आफ्नो मेहनतबाट अघि बढ्ने र कार्य सम्पन्न गर्ने देखिन्छ । मेहनत र लगनशिलतामा बृद्धि हुने छ, जसले काममा जाँगर उत्पन्न गराउने छ । साझेदारीमा गरिएका कार्यहरु अनुकुल रहने छन् । राजनीति र प्रशासनीक निकायमा संलग्नहरुको हकमा पनि समय सकारात्मक रहेको छ ।

सिंह
समय सकारात्मक देखिन्छ । भाग्य बलियो छ, त्यसैले आँटेका कामहरु पुरा हुने तर्फ जाने छन् । गरिने यात्रामा भने केही अवरोध र कठिनाईको सामना गर्नु पर्ने हुन्छ । साथै दाम्पत्य जीवनमा पनि केही समस्याहरु उत्पन्न हुन जाने छन् । साझेदारीमा गरिएका कामहरुमा भने बादबिबाद आदी बढ्न जाने भएकाले सतर्क रहनु होला ।

कन्या
ब्यक्तित्वमा निखारता आउने छ । बोलीको प्रभाव बढ्ने छ । बोलीका कारण फाईदा हुने अवस्था आउने छ । त्यसैले बोलीलाई सदुपयोग गरी अघि बढेमा धन सम्पत्ति तथा आम्दानीमा बृद्धि हुन पुग्ने छ । लेखा, कोल्ड ड्रिङ्स, आयात निर्यात, जल, डेरी, औषधी जस्ता ब्यवसायमा संलग्नहरुलाई फाईदा हुने छ । नेतृत्व तहमा रहेका हरुको हकमा अपजस आउने छ ।

तुला
मनमा दृढता बढ्ने छ । शान्त स्वाभावको ब्यक्तित्व हुने छ, जसले गर्दा धन सम्पत्ति तथा आम्दानीमा बृद्धि हुन पुग्ने छ । साझेदारीमा गरिएका कामहरुबाट पनि फाइदा मिल्ने छ । साथै जीवनसाथिको साथसहित काम गरेरमा भाग्योदय हुने छ भने यसले उच्च प्रतिफल दिने छ । पेशागत क्षेत्रमा आफ्ना अनुकुलता बृद्धि हुने छ । ब्यवस्थापकीय तहमा कार्यरतहरुको कार्य क्षमता बढ्ने छ ।

वृश्चिक
समय त्यति शुभ नभएकाले संयमितताको खाँचो छ । खासगरी निर्णयहरुमा निकै ध्यान दिएर मात्र अघि बढ्दा वाञ्छनीय हुने छ । भाग्य कमजोर रहेकाले थालिएका कार्यहरुमा अवरोधको सामना गर्नु पर्ने छ । यसले मनमा पनि निराशा ल्याउने भएकाले निरन्तर अघि बढ्न आवश्यक देखिन्छ । पेशागत जीवनमा पनि आरोप प्रत्यारोप, बादबिबाद तथा कठिनाई सामना गर्नु पर्ने देखिएकाले संयमतासहित अघि बढ्नु होला ।

धनु
समय औसत रहेको छ । सोचे जस्तो आम्दानीमा बृद्धि हुने छैन् । यसले मनमा केही निराशा ल्याउने छ । पेशा तथा ब्यापार ब्यवसायमा धेरै जोखिमका कदमहरु भन्दा औसत तरीकाले अघि बढ्नु पर्ने समय रहेको छ । परिवारको साथ रहने भएकाले उत्पन्न कठिनाईहरुसँग सामना गर्न शक्ति प्राप्त हुने छ, मद्धत प्राप्त हुने छ । भित्रि बुद्धि सक्रिय हुने भएकाले ब्यवस्थापनको क्षेत्र तथानेतृत्वमा सफलता मिल्ने छ ।

मकर
बोल्ड ब्यक्तित्व हुने छ भने ब्यक्तित्वको प्रभाव बढ्ने छ । तर योसँगै रिस पनि अति नै धेरै हुने भएकाले यस तर्फ उत्तिकै सतर्कतासाथ ध्यान दिनु पर्ने देखिन्छ । आफ्नै रिसका कारण बन्न लागेका कामहरु पनि रोकिने अवस्था आउने छ, झैझगडामा धकालि दिने भएकाले संयम रहनु होला । जीवनसाथिको साथ लिएर अघि बढेका काममा सफलता प्राप्त हुने देखिन्छ । साझेदारीमा गरिएका कामहरुले प्रतिफल दिने छन् । निर्णय क्षमतामा भने केही कमि आउने छ ।

कुम्भ
समय अनुकल रहेको छ । आम्दानीमा बृद्धि हुने छ । खासगरी पैतृक सम्पत्ति तथा धन सम्पत्तिका विषयमा सफलता मिल्ने छ । पेशागत जीवन पनि अनुकुल रहने भएता पनि केही अनपेक्षित क्षेत्रबाट अवरोधहरु आउने छन् । तर ती अवरोधहरु चिर्ने क्षमता र तागत पनि सँगै रहने छ । पारीवारिक जीवनमा केही किचलो उत्पन्न हुन जाने छ ।

मीन
समय अलि प्रतिकुल देखिन्छ । मन उदास हुन पुग्ने छ । कमजोर ब्यक्तित्व हुन पुग्ने छ । पेशागत जीवनमा नसोचिएका प्रतिकुलताहरु देखा पर्न जाने छन् । यसलाई जुध्न जीवनसाथिको साथ र मद्धत तथा सल्लाहका साथ अघि बढेमा सफलता मिल्ने छ । भाग्यहिनताको अनुभुति हुने छ । आम्दानीमा हुने झिनो बृद्धिले केही राहत दिने छ । पारीवारिक विषयमा धेरै बादबिबाद नगर्दा ठिक हुने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया