आइतबार, मंसिर १९, २०७८

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश श्रेष्ठ

मेरोन्यूज २०७८ वैशाख १४ गते ९:०२

Advertisement

काठमाडौं । आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनकाे निर्वाचन अधिकृतमा जिल्ला अदालत मकवानपुरका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठ नियुक्त भएका छन् ।

निर्वाचन आयोगको आज बसेको बैठकले न्याय परिषद्काे परामर्शमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि श्रेष्ठलाई प्रमुख निर्वाचन अधिकृत नियुक्त गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया