शुक्रबार, वैशाख ७, २०८१

पीसीआर परीक्षणमा बढी शुल्क लिएको पाइए सूचीबाट हटाउँछौँ : स्वास्थ्य मन्त्रालय

मेरोन्यूज २०७८ वैशाख १४ गते १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणमा तोकिएको शुल्क भन्दा बढी लिने प्रयोगशालाको परीक्षण गर्न पाउँने अनुमति सुचीबाट नै हटाउँने जनाएको छ । मन्त्रालयले आज जारी गरेको सूचनामा सरकारी र निजी प्रयोगशालाको पीसीआर गर्ने मूल्य सूची सार्वजनिक गर्दै बढी लिएको भेटिए परीक्षण अनुमति रद्ध गर्ने जनाएको हो ।
केही प्रयोगशालाले संक्रमण रोकथाम आदिको नाममा तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै त्यस्तो नगर्न र नगराउन समेत निर्देशन दिएको हो ।

मन्त्रालयले पीसीआर गर्न सरकारी प्रयोगशालालाई १ हजार रुपैयाँ र निजी प्रयोगशालालाई २ हजार रुपैयाँ शुल्क तोकेको छ ।

प्रतिक्रिया