बिहीबार, चैत १५, २०८०

उपत्यकाका १९६६ जनालाई कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७८ वैशाख १४ गते १७:४३

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा करिब दुई हजार जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्‍यकाका तीन जिल्लामा १९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा काठमाडौँमा एक हजार ६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‍पछिल्लो २४ घण्टामा देशभर ४५२४ जनामा कोरोना पुष्टि हुँदा उपत्यकामा मात्रै १९६६ जना संक्रमित भएका हुन् ।

प्रतिक्रिया