बिहीबार, चैत १५, २०८०

कोरोना अपडेट : संक्रिय संक्रमित २६ हजार नाघ्यो, ३९९ जना आइसियू र भेन्टिलेटरमा भर्ना

मेरोन्यूज २०७८ वैशाख १४ गते १७:३३

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २६२२५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार आज एकैदिन ४ हजार ५२४ जनामा कोरोना पुष्टि भएको हो ।

देशभर संक्रिय कोरोना संक्रमितमध्ये ३१५ जना आइसियूमा र ८४ जना भेन्टिलेटरमा भर्ना भएका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना आइसियू र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, कोरोना भाइरस संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९४ जना पुगेको छ ।

प्रतिक्रिया