शुक्रबार, चैत १६, २०८०

पोखराबाट २ केजी गाँजासहित २ जना पक्राउ

मेरोन्यूज २०७८ वैशाख १४ गते १७:२०

कास्की । पोखरा महानगरपालिका-३२ घारीबाट करिब २ केजी अवैध लागूऔषध गाँजासहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-३२ घारी बस्ने २३ वर्षीय सन्देश कुँवर र तल्लो गगनगौडा बस्ने १९ वर्षीय निराजन शाह रहेका छन् ।

ग १७ प १८९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी जनताचौताराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया