शुक्रबार, चैत १६, २०८०

राजधानीमै ८ वर्षीया बालिका बलात्कृत, ६३ वर्षीय वृद्ध पक्राउ

मेरोन्यूज २०७८ वैशाख १४ गते १७:१३

काठमाडौं । ८ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने तनहुँ, दमौली नगरपालिका-१४ घर भएका ६३ वर्षीय कमल थापालाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका थापाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सुचना प्राप्त हुना साथ उनलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान प्रहरीले जनाएको छ ।

प्रतिक्रिया