शनिबार, वैशाख ८, २०८१

स्वास्थ्यकर्मी बिदा बस्न नपाउने, बिदामा बसेकालाई काम गर्न निर्देशन

मेरोन्यूज २०७८ वैशाख १४ गते १७:०३

काठमाडौँ । देशभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेसँगै सरकारले स्वास्थ्यकर्मीलाई बिदा नदिने निर्णय गरेको छ । कोभिड–१९ को दोस्रो लहर फैलिएकाले अस्पतालमा सेवा लिन आउने बिरामीलाई उचित व्यवस्थापन गर्न भन्दै स्वास्थ्यकर्मीलाई बिदा नदिने निर्णय गरेको हो ।

मंगलबार बसेको स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय बैठकले लामो बिदामा बसेका कर्मचारीलाई समेत तुरुन्त काममा फर्कन पत्राचार गर्ने भएको छ । यस्तै अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल व्यवस्थापन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

त्यसका लागि ६ महिनाको करार सेवामा लिने व्यवस्था मिलाइने भएको छ ।

प्रतिक्रिया