शुक्रबार, चैत १६, २०८०

१६ गतेदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द

मेरोन्यूज २०७८ वैशाख १४ गते १७:०१

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को अनलाईन आवेदन प्रणाली बन्द गर्ने निर्णय गरेको छ ।

मंगलबार यातायात व्यवस्था विभागले सुचना जारी गर्दै कोरोना संक्रमणको तिव्र गतिलाई मध्यनजर गर्दै १६ गतदेखि अनलाईन आवेदन प्रणाली बन्द गरेको हो ।

नयाँ भेरियन्टको कोरोना भाईरसका कारण अर्को सुचना प्रकाशन नभएसम्मका लागि अनिश्चितकालीन अनलाइन आवेदन प्रणाली बन्द गरीएको यातायात व्यवस्था विभागका सुचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया