शुक्रबार, चैत १६, २०८०

कोरोनाबाट नवलपरासीमा बाबुछोराको मृत्यु

मेरोन्यूज २०७८ वैशाख १४ गते १६:४७

काठमाडौँ । कोरोना संक्रमणका कारण पश्चिम नवलपरासीमा दुई दिनमै बाबुछोराको मृत्यु भएको छ । मंगलबार बिहान जिल्लाको रामग्राम नगरपालिका ९ का ३५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले जानकारी दिए ।

सास फेर्न गाह्रो भएपछि पृथ्वीचन्द्र अस्पतालमा भर्ना भएका पुरुषको मृत्यु भएको हो । दुई दिनअघि मात्रै उनका बुबाको पनि कोरोना संक्रमणबाट नै मृत्यु भएको थियो ।

ती पुरुषको अवस्था जटिल भएपछि आइसियूमा राखेर उपचार गर्ने प्रयास गरे पनि कुनै अस्पतालमा आइसियू नपाउँदा मृत्यु भएको मिश्रले जानकारी दिए । योसहित पश्चिम नवलपरासीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

प्रतिक्रिया