मंगलबार, वैशाख ११, २०८१

भारतमा एउटै एम्बुलेन्सले २२ वटा कोरोना संक्रमितको शव बोकेको तस्वीर सार्वजनिक

मेरोन्यूज २०७८ वैशाख १४ गते १५:५९

काठमाडौँ । छिमेकी राष्ट्र भारतमा एक हृदयविदारक तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । महाराष्ट्र प्रदेशको बिड जिल्लामा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका २२ जनाको शव एउटै एम्बुलेन्समा राखेर घाटमा लगेको तस्वीरु सार्वजनिक भएको हो ।

एम्बुलेन्समा २२ जनाको शव एकमाथि अर्को गरी राखेर लगिएको समाचारमा जनाइएको छ । ती शवहरूलाई घाटमा लगेर एउटै चितामा ३ वटासम्म राखेर जलाइएको थियो ।

घटनाको तस्वीर सार्वजनिक भएसँगै जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गर्न आदेश दिएको छ । जिल्लाको स्वामी रामानन्द तीर्थ अस्पतालमा आइतबार कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको थियो । जसमा २२ जनाको शवलाई एउटै एम्बुलेन्समा राखेर घाटमा लगिएको थियो । बाँकी ८ वटा शव भने अर्को एम्बुलेन्समा लगिएको समाचारमा जनाइएको छ ।

अस्पतालसँग शव उठाउनका लागि जम्मा दुईवटा मात्रै एम्बुलेन्स भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालले थप पाँचवटा एम्बुलेन्स माग गरे पनि आउन नसकेको बताइएको छ । ष्त १७ मार्चमा अस्पतालले एम्बुलेन्स दिनका लागि जिल्ला प्रशासनलाई पत्र लेखे पनि अहिलेसम्म पाउन सकेको छैन ।

भारतको कोरोना संक्रमणको संख्या बढेसँगै सबै अस्पताल भरिएको छ । यस्तै, विरामीले सबै कोभिड सेन्टरहरूसमेत भरिएको समाचारमा जनाइएको छ । एजेन्सी

प्रतिक्रिया