बिहीबार, वैशाख १३, २०८१

तोकिएभन्दा बढी पीसीआर परीक्षण शुल्क नलिन सरकारको निर्देशन

मेरोन्यूज २०७८ वैशाख १४ गते १५:१३

काठमाडौं । सरकारले पीसीआर परीक्षणको शुल्क तोकिएको भन्दा बढी नलिन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना जारी गर्दै केही निजी प्रयोगशालाहरुले तोकिएभन्दा बढी कोरोना भाइरस पहिचानका लागि गरिने पीसीआर परीक्षण शुल्क उठाएको गुनासो आएकाले त्यस्तो नगर्न आग्रह गरेको छ । सरकारले सरकारी प्रयोगशालाका लागि एक हजार र निजी प्रयोगशालाका लागि २ हजार रुपैयाँ पीसीआर परीक्षण शुल्क तोकेको छ ।

तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत त्यस्ता प्रयोगशालाहरुलाई परीक्षणको सूचीबाट हटाइने समेत मन्त्रालयले चेतावनी दिएको छ ।

प्रतिक्रिया