बिहीबार, वैशाख १३, २०८१

बिहीबारदेखि पर्सामा लकडाउन गर्ने निर्णय

मेरोन्यूज २०७८ वैशाख १४ गते १५:०८

काठमाडौँ । पर्सामा बिहीबारदेखि लागू हुने गरी एकसाताका लागि लकडाउन हुने भएको छ । आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि २२ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि रोकथाम गर्न भन्दै पर्साले लकडाउन जारी गर्ने निर्णय गरेको हो । सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको व्यवस्थापन गर्न ठाकुरराम बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर स्थापना गर्ने र त्यसको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णय बैठकले गरेको छ ।

यसैगरी कम्तीमा २ सय बेड क्षमतासम्मको कोभिड–१९ संक्रमितको उपचारका लागि अस्पताल स्थापना एवं सञ्चालन गर्न प्रदेश २ सरकारलाई अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ ।

प्रतिक्रिया