बुधबार, वैशाख १२, २०८१

माओवादी स्थायी कमिटी बैठक बस्दै

मेरोन्यूज २०७८ वैशाख १४ गते १४:४७

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । माओवादीका अनुसार पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको हो ।

यस्तै बैठकमा अध्यक्ष प्रचण्डले पेस गर्ने राजनीतिक प्रतिवेदन र केन्द्रीय कार्यालयका तर्फबाट पेस हुने विधानमाथि छलफल हुने जनाइएको छ । बैठक आज दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने बताइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने चर्चा भइरहेका बेला माओवादीको बस्न लागेको बैठकलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया